मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बझाङको छविस पाथिभेरामा एक सुत्केरी महिलाको मृत्यु

बझाङको छविस पाथिभेरामा एक सुत्केरी महिलाको मृत्यु

बझाङ । बझाङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मुम्लाकी २७ वर्षीया गंगा ऐडी कडायतको मृत्यु भएको हो ।

गत बिहिवार दिउँसो रक्तश्रावसहित सुत्केरी भएपछि पाठेघर नखुम्चेपछि सुत्केरी भएर छटपटाइरहेकी उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियोे ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज रेफर गरिएको हो । उक्त मेडिकल कलेजमा पनि स्वास्थ्यमा सुधार हुन नसकेपछि आज बिहान उनको मृत्यु भएको जनाईएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend