बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

असार दोस्रो साताभित्र नेविसंघले पूर्णता पाउँछ: देउवा

असार दोस्रो साताभित्र नेविसंघले पूर्णता पाउँछ: देउवा

 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघलाई पूर्णता दिने बताएका छन् । संघका सभापति दुजाङ शेर्पाका अनुसार सभापति देउवाले केही दिनभित्रै समितिलाई पूर्णता दिने प्रतिबद्धता जनाएका हुन् । तर, समिति कति सदस्यीय बन्ने भन्ने अझै टुंगो लागिनसकेको उनले बताए ।

“शुक्रबार सभापतिज्यूलाई भेट्न म बालुवाटर गएको थिएँ । भेटमा उहाँलाई मैले समितिलाई पूर्णता दिन अनुरोध गरे,” शेर्पाले भने,“उहाँले गृहकार्य भइरहेको र केही दिनभित्रै संघले पूर्णता पाउने बताउनुभयो ।” भेटमा सभापति देउवासँग आफूले जिल्ला अधिवेशन मंसिर अगावै सम्पन्न गर्नुपर्ने बताएको र देउवाले पनि छलफल गरेर अघि बढ्न निर्देशन दिएको उनले बताए ।

यस्तै, त्रिभुवन विश्वविद्यालयमा ताला खोलिए पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा पनि आफूले अनुरोध गरेको शेर्पाले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend