
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का जेनेरल म्यानेजर वृतान्त खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेट गरेका छन् । आइतबार जेनेरल म्यानेजर खनालले शाहसँग भेटवार्ता गरेका हुन् ।
भेटमा खनाल र शाहबीच महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर्स कपको प्रस्तावबारे छलफल भएको क्यानले जनाएको छ। क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर मेयर्स कप क्रिकेट आयोजना गर्दै आइरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।
खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र थप छलफल गरेर सहकार्य गर्ने महाप्रबन्धक वृतान्तले बताए ।
काठमाडौं महानगरको आर्थिक सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend