काठमाडौं । नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । उनले आफु मर्न तारमा गएको बताउँदै आफुलाई भगवानले बचाएको बताएका हुन् ।
एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।