काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जानकारी लिने भएको छ ।
समितिले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणका बारेमा जानकारी लिन असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।
त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री र परराष्ट्र मन्त्री दुबैलाई समितिमा उपस्थित हुन पत्राचार गरिने खरेलले बताइन् ।