logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई गराउन समेत माग

    प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई गराउन समेत माग

    2.3K
    Shares

     

    काठमाडौं । प्रतिपक्षी एमालेका सांसद डा.भीम रावलले प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन् ।

    उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरुले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए । डा.रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपति जनाए । अमेरिकी जर्नेलले स्थलसेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आंशका उत्पन्न भएको डा. रावलले बताए । उनले अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री सहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनु पर्ने माग राखे । उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भिर रहेको बताए ।

    उनले भने,‘ नेपालको परराष्ट्र नीतिलाई असंग्लन र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं । तर त्यो अहिले सरकारका गतिविधिहरुले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो ? कसको भरपर्दो स्थ्लगत सेना भन्न खोजेको ? स्थल सेनाको गु्रपमा काम गर भन्न खोजेको हो ।यसले के आंशका उत्पन्न गरेको छ भने स्टेड पाटर्नरसिप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसको भित्रबाट नेपाल अंग भइसक्यो हो की ?आंशका उत्पन्न हुन्छ । यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणका जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ की पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्र मन्त्री प्रधानमन्त्रीसँगै आउनु प¥यो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफलहँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिन भन्ने हुन्छ ।दुई देशकोबीचका भ्रमण भइरहने कुरा सामन्य कुरा हो । यो भ्रमण आदानप्रदान कस्ले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदुत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरुले देखाएको छ । यो एकदमै आत्तति जनक कुरा हो । सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नु भएको छ ।’

    डा. रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए । रावलले अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी हो भने निकै गम्भिर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए ।

    उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए । गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend