logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु, बस चालक फरार

    मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु, बस चालक फरार

    3.9K
    Shares

    मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु, बस चालक फरारजना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

    घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

    पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश२–०३–००१ख ०२४२ नम्बरको बसले सुनारद्धय सवार ना २ अ ६४ नम्बरको अटो रिक्सालाई गएराती २ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend