काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सांसद राईले किसानको लागि अतिआवश्यक मलको व्यवस्था तत्काल गर्न नसके सरकारको औचित्य समाप्त हुने चेतावनी समेत दिए ।
सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले मलको अभावमा किसानहरु छटपटाई रहेको उल्लेख गर्दै सरकारले त्यसको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने बताए । सांसद राईले जनप्रतिनिधिको रुपमा आफूहरुलाई जनताले मलको व्यवस्था कहिले हुन्छ ? भनेर प्रश्न गरिरहेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले भने, ‘मलको समेत व्यवस्था गर्न सक्दैन भने यो सरकारले देश र जनताको निम्ति के गर्न सक्छ भन्ने गम्भिर प्रश्न उठेको छ । म यति मात्रै भन्न चाहन्छु–यो मल कहाँ आइपुग्यो ? यो मल कहिले आईपुग्छ ? र, जनताले कहिले खेतीपाती गर्न पाउने व्यवस्था हुन्छ ? यसको जवाफ दिन म समामुखमार्फत यो सरकारलाई आग्रह गर्न चाहन्छु । आज सबै जनताहरुले भन्दैछन–तपाईहरुले दह्रो ढंगले कुरा उठाएर हामीले खेतीपाती गर्न पाउने व्यवस्था गर्नु प¥यो भनेर जनताले भन्दैछन । यदि खेतीपातीनै गर्न नसक्ने अवस्था हुने हो भने वर्ष दिन हामीले कसरी जीवन चलाउने । वर्ष दिन खाने कुरा हामीले कसरी उब्जाउने ? यो यस्तो लाचार सरकार रहेछ । मलाई छक्क लाग्यो । आजै मल आउछ भन्ने, भोली मल आउँछ भन्ने । हामी पर्खिदापर्खिदा जनता दिक्दार लागिसक्यो । जनताले हरेक दिन सोधिरहेको छ–जनप्रतिनिधिहरु तपाईहरुले यो मलको व्यवस्था कहिले गर्नुहुन्छ भनेर ? यसको जवाफ कसरी दिने सभामुख महोदय । म भन्न चाहन्छु–यदि समयमा यो सरकारले मल उपलब्ध गराउन सक्दैन भने जनताको दैनिक सरोकारको सवालमा खेतीपातीलाई व्यवस्था गर्न सक्दैन भने यो सरकारको अव औचित्य समाप्त हुन्छ । यसकारणले हुन्छ कि यो सामान्य भन्दा सामान्य कुरा पनि ल्याउन नसक्ने सरकार मलाई त अचम्म लाग्यो हेर्नुस । सरकारले पहिलाको वर्षनै मल ल्याईराख्नु पथ्र्यो । गोदामको व्यवस्था गर्नु पथ्र्यो । खेती सुरु हुनु अघि नै व्यवस्था गर्नु पथ्र्यो नि । यो काम गर्न सरकारलाई कसले रोक्यो ? मल ल्याउन केले बाध्या पु¥यायो ? यसको बारेमा सरकार कहिल्यै गम्भिर भएन, जनताप्रति, राष्ट्रप्रति ।’