logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भुमिका निर्वाह गर्न आवश्यक छ: गृहमन्त्री खाँण

    राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भुमिका निर्वाह गर्न आवश्यक छ: गृहमन्त्री खाँण

    2.2K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताएका छन् । सोमवार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन् ।

    उनले उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत हेलचेक्राँइ गरेको बताए । गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए । उनले प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए । गृहमन्त्री खाँणले जोखिम सम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताए । गृहमन्त्री खाँणले विपद्लाई व्यवस्थापन गर्ने र विपद्लाई ह्याण्डिल गर्ने क्रममा स्थायी रुपमा नै सूचना प्रशारणको सिस्टम विकास गर्नुपर्ने बताए ।

    गृहमन्त्री खाँणले भने, ‘विपद्को बारेमा विपद् शुरु भएपछि मात्रै व्यवस्थापनको बारेमा चर्चा हुन्छ । तर धेरै ढिलो भइसकेको हुन्छ । नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा नै छाँै । राज्यका सबै निकायहरुले कसरी सामना गर्ने भनेर सोच्नुपर्छ । आफ्नो आफ्नो तयार त गरिरहेको छ तर समूहमा कसरी समस्याबाट जोगाउने भन्ने कुरा सोच्न आवश्यक छ । केही दिनअघि मात्रै पोखरा–मुग्लिन पृथ्वी राजमार्गमा बाटो भासियो । त्यो बाटो भासिन्छ भन्ने सडक विभागलाई पहला नै थाहा थियो रे । किनभने पक्की रोड क्र्याक भइसकेको थियो रे । चर्केको रिपोर्ट आएन वा होइन चल्छ भन्ने भयो । सानो गाडी र केही मानिस त्यहाँ हताहत हुनुभयो । नागरिकको जिउधनको रक्षा गर्ने दायित्व राज्यको हो तर पनि सकिएन । त्यसपछि पूरा जाम भयो । यसको पनि व्यवस्थापन गर्न जरुरी छ । त्यसकारण नेपाल प्रहरी, सम्बन्धित निकाय र सञ्चारमन्त्रालयलाई त्यसबारेमा सूचना पाउनेबित्तिकै जानकारी दिन आग्रह गर्छु । फलानो ठाउँमा बाटो अवरुद्ध छ भन्ने कुराको जानकारी गराउन आग्रह गर्छु । पहिला यस्ता सूचना, रेडियो, टिभीमा आउने गर्दथे, ट्राफिकसँग एफएमको सहकार्य, समन्वय हन्थ्यो । प्रविधिसँगै त्यो कार्य कम भएको देख्दैछु । यसले झनै जनतालाई सूचनाबाट वञ्चित गराएको छ । यसबाट जनताले सूचना पाउँछन्, यो कार्य राष्ट्रव्यापीरुपमा अघि बढाउन आवश्यक छ । कोरोना कालमा होलेको सूचनाजस्तो नै हाल्नुपर्ने भयो । विपद्लाई व्यवस्थापन गर्ने र विपद्लाई ह्याण्डिल गर्ने क्रममा स्थायीरुपमा नै सूचना प्रशारणको सिस्टम डेभलप गर्नुपर्ने भयो ।’

    गृहमन्त्री खाँणले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई साँझ ५ बजेसम्म उपलब्ध गराउन निर्देशन दिए । उनले यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा विपद् सम्बन्धी निकाय र मन्त्रालयहरु कसरी अघि बढ्ने योजना छ भन्ने लिखित योजना पेस गर्न निर्देशन दिए ।

    उनले भने, ‘मन्त्रालय र सम्बन्धित विभागले आज बेलुका ५ बजेभित्र दुई वटा काम गर्नुहोला । एउटा विपद्का व्यवस्थापनमा हामीसँग सम्बन्धित विभाग वा मन्त्रालयसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना के छन् ? र तत्काल यो वर्ष आउने विपद्को सामना गर्न तयारी के छ ? के के छन्, सामानहरु त्यो लेखेर दिनुहोस् । विपद् व्यवस्थापन सम्बन्धित मन्त्रालयको दीर्घकालीन योजना के छ ? र यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा हामी कसरी अघि बढ्दैछौँ ? विभागले पनि दिनुहोला, आधा दीर्घकालीन, आधा आपत्कालीन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend