logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न मन्त्री झाँक्री आग्रह

    राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न मन्त्री झाँक्री आग्रह

    3.6K
    Shares

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास सम्बन्धी करिव साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गरिन् । उनले राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन् ।

    मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोप लगाइन् । उनले बजेटका कारण करिव एक हप्ताको समय आफैँ सामान्य रुपमा आउन नसकेको बताइन् । मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘करिव करिव साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि हुन्छ चाहीँ के ? पोल्टिसिएनलाई मात्रै गफ गर्ने । हामी मात्रै गफ गर्ने हो । यो खालको विकराल अवस्था छ । व्यक्ति हस्तान्तरणको गफ गर्छौं । संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ? हाम्रो प्लानिङ व्यवस्थित भएन । एउटा मन्त्रालयले नीति कार्यक्रम बनाएर दियो, अर्को मन्त्रालयले लगेपछि यस्तो गोप्य राख्यो कि, बाहिर निस्किने बेलामा छरपस्ट, थामिनसक्नु, ६÷७ दिन हामी आफैँ नै नर्मल कण्डिसनमा आउनुपर्ने भयो । त्यसैले यो अवस्थामा हामीले छलफल गरौँ । वन मन्त्रालयले एआईए स्वीकृत गर्ने बेलामा सिसडोलमा यो यो काम गर भनेर शर्त राखेको रहेछ, ती शर्तहरुमात्रै पालना गरेको भएपनि आज फोहोरमैलाको यो अवस्था हुने थिएन । हामी शर्त राख्ने र कसैले कार्यान्वयन नगर्ने, यो हुँदै भएन र हामीले गरेको गफ पनि आदि मान्छे मरेपछि ब्युँतिने स्थिति आउँछ । जुनै सिजनमा पनि विपद् हुन्छ भन्ने कुरा ध्यानमा राखेर तयारी थालौँ । हामी एकैचोटी होइन, प्लानिङमा काम गरौँ ।’

    मन्त्री झाँक्रीले सबै विपद्का कार्यक्रम र योजना एकैपटक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने हिसावले अघि बढ्नुपर्नेबताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend