काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गरेका हुन् ।
उनले कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर रहेको कुरा राख्न माग गरे । उनले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्यंग्य गरे ।