logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठक: कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठक: कुन सांसदले के भने ?

    2.7K
    Shares

     

    काठमाडौं । नेकपा(एमाले)की सांसद गंगा चौधरी सत्गौवाले भारतीय सिमाबाट मल ल्याउने किसानलाई ज्यादती नगर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले मल दिन नसक्ने सरकारले सिमानाबाट मलको पोको ल्याउने किसानलाई लाठि नलगाउन निर्देशन दिनुपर्ने बताईन् । उनले व्यापारीहरुले कमिशन दिएर सिमाबाटै मल भित्राउने तर आफ्नै खेतमा प्रयोग गर्न किसानले मल ल्याउँदा भने ज्यादती हुने गरेको उल्लेख गरिन् ।

    नेकपा(एमाले)की सांसद रेखा कुमारीले मल अभावको सम्बन्धमा सरकार बेखबर रहेको बताइृन् । सरकारले मल उपलब्ध गराउन गम्भिरता देखाउनुपर्ने बताईन् । उनले मलको समस्याको बारेमा कृषि मन्त्रीले संसदमा कति समय बोल्न सक्नुहुन्छ भन्ने प्रश्न समेत गरिन् ।

    नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालमा विगत देखि नै रासायनिक मलको अभाव हुने गरेको उल्लेख गर्दै रासायनिक मलको उद्योग खोल्नुपर्ने बताईन् । उनले विदेशबाट जि टु जिमार्फत् मल ल्याउनुपर्ने र विशेषगरी भारतबाट ल्याउन पहल गर्नुपर्ने बताईन् ।

    नेकपा(माओवादी केन्द्र)की सांसद रामकुमारी चौधरीले मल ल्याउनका लागि गरिने टेन्डर प्रक्रिया नै बेठिक भएको बताइृन् । उनले कानून संशोधन गरेर टेन्डर प्रक्रिया फेर्नुपर्नेमा जोड दइन् । उनले विगतमा चक्रपाणि खनाल कृषि मन्त्री हुँदा जि टु जिमार्फत् मल ल्याउन प्रस्ताव गरिएको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जि टु जि आवश्यक छैन भनेर फाइल फ्याकेको बताईन् ।

    नेकपा(एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले मल कारखाना खोल्नतर्फ ध्यान दिनुपर्ने बताईन् । उनले सरकारले समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने बताईन् ।

    जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले सरकारले मलको स्थायी व्यवस्थापन गर्नुपर्ने बताए । स्थायी व्यवस्थापन हुन नसकेका कारण बारम्बार समस्या आएको उनको भनाई छ ।

    नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले ६ महिना अघिदेखि संसदमा मलको अभावको सम्बन्धमा छलफल भएको भए हालको समस्या समाधान हुनसक्ने बताए । विगतमा संसद विघटन हुँदा सार्वजनिक महत्वको विषय संसदमा छलफल गर्न नपाएको र सोही कारण किसानले पाउनुपर्ने धेरै कुराहरु नपाएको उनले बताए ।

    राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारले जि टु जि मार्फत् बंगलादेश, भारत र चिनबाट मल ल्याउने भन्ने कुरा कहाँ पुग्यो सो को स्थिति जानकारी गराउनुपर्ने बताईन् । उनले दिर्घकालीन रुपमा मल भण्डारण गर्न बजेट विनियोजन गर्नुपर्ने बताईन् । त्यस्तै विगतमा टेन्डरमा पारी मल नल्याउने ठेकेदारहरुलाई कारबाही गरिनुपर्ने उनले बताईन् ।

    नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मल ल्याउने विषयमा विभिन्न अनियमितता भएको सन्दर्भमा मन्त्रीहरु फेरिरहनुका कारणले अहिलेसम्म असर परेको बताए । मल आयातमा भएको अनियमितता र भ्रष्टाचारको मुद्दा अख्तियारमा भएका कारण कृषि सामग्री संस्थानका कर्मचारीहरु निर्णय गर्न नपाउने अवस्थामा पुगेको उनले बताए ।

    नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले मलको समस्या समाधान गर्न सरकारलाई गम्भिर हुन आग्रह गरिन् । उनले संसद मन्त्रीको मुख र हात च्यात्ने थलो नभएको पनि बताईन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गरे । उनले कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर रहेको कुरा राख्न माग गरे ।

    उनले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्यंग्य गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend