सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्छ: मुख्यसचिव बैरागी

संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्छ: मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने बताएका छन् । सोमवार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा उनले विपद्लाई ध्यानमा राखेर पूर्वाधार निर्माण गरेमात्रै विपद्जन्य जोखिम र दुर्घटनाबाट जोगिने बताए ।

उनले सरकारी निकायहरुबाट सञ्चालन हुने क्रियाकलापहरु संस्थागत रुपमा क्षेत्रगत र समन्वयात्मक हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले संरचना धेरै समय लगाएर र खर्च गरेर बनाइरहेका हुन्छाँै । तिनीहरुको डिजाइन गर्दा विपद्का विषयहरुमा विश्लेषण गर्नुपर्ने हुन्छ । विपद्लाई मध्यनजर गरेर पूर्वाधारहरु डिजाइन गर्नुपर्छ । सरकारका विभिन्न निकायबाट सञ्चालन हुने क्रियाकलापहरु संस्थागत रुपमा क्षेत्रगत समन्वय गरेर काम गर्नुपर्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend