काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ लाख परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नेगरी काम भइरहेको बताएकी छन् । प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीमध्ये सुकुम्वासी आयोगले आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने र आगामी २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखी काम अगाडी बढाएको जानकारी गराएकी हुन् ।
यस्तो छ मन्त्री श्रेष्ठको जवाफ: