बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

‘कबड्डी ४’ फिल्मविरुद्ध काठमाडौं प्रशासनमा उजुरी दर्ता

‘कबड्डी ४’ फिल्मविरुद्ध काठमाडौं प्रशासनमा उजुरी दर्ता

 

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो ।

रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।

निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend