logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्र निर्विरोध

    जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्र निर्विरोध

    4.7K
    Shares

    गोरखा । गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन् । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।

    समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित हुनुभएको छ । उनि सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएका थिए । प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी निर्विरोध चयन हुनुभएको छ । समन्वय समितिमा कूल २२ मतदाता थिए ।

    जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend