काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हेटौडामा छन् । बागमती प्रदेशले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागि हुन उनी हेटौडा पुगेका हुन् । उपमेयर सुनिता डंगोल पनि हेटौडामा छिन् ।
उनले बागमती प्रदेशले आयोजना गरेको “काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम ” मा सहभागी हुन पाउँदा धेरै खुशी लागेको बताएका छन् । काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी गराएको मा आयोजक टिमलाई धन्यवाद समेत भनेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– बागमती प्रदेशले आयोजना गरेको”काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम ” मा सहभागी भएर धेरै खुशी लाग्यो । धन्यवाद