काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमती हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे । उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गरे ।
उनले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राखे ।