logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक २००० बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

    नेप्से परिसूचक २००० बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

    2.7K
    Shares

     

    काठमाडौं । पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो ।

    गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तरुप गिरावट हँुदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८ अंकले घटेको छ ।

    मंगलवार कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से ओरालो लागेपनि मंगलवार कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य बढेको छ ।

    मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै,माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ । तर यता हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend