logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • देशभर थप १२ जनामा कोरोना संक्रमण, १६ जना निको

    देशभर थप १२ जनामा कोरोना संक्रमण, १६ जना निको

    4.3K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend