सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अर्थमन्त्रीसँगको प्रश्नोत्तरमा एमालेद्वारा संसदमा विरोध

अर्थमन्त्रीसँगको प्रश्नोत्तरमा एमालेद्वारा संसदमा विरोध

 

काठमाडौं । एमालेले प्रतिनिधिसभामा विरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेको हो ।

बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको एमालेको भनाइ छ ।

एमालेले विरोध गरेपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका छन् ।

सांसद भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए । उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend