logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’मा हस्ताक्षरका लागि होईन: परराष्ट्रमन्त्री खड्का

    अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’मा हस्ताक्षरका लागि होईन: परराष्ट्रमन्त्री खड्का

    2.6K
    Shares
    अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’मा हस्ताक्षरका लागि होईन: परराष्ट्रमन्त्री खड्का

     

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताएका छन् । उनले जर्नेलको भ्रमणमा कुनै एसपीपीमा हस्ताक्षर अर्थात अमेरिकी सैन्य गठबन्ध गर्ने विषय हल्ला मात्रै भएको दाबी गरे ।

    नेपाली काँग्रेस नेतृत्वको सरकार स्वाभीमानी,राष्ट्रवादी र देशभक्ति सरकार भएको भन्दै मन्त्री खड्काले अहिले कुनै सैन्य गठबन्धन गर्ने आवश्यक नभएको बताए । उनले स्वाभीमानी, ,राष्ट्रवादी र मुलुकको हीतमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा नजाने जिकिर गरे ।

    उनले भने,‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कँही अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रश्ताव हो की,भन्ने १० बुँदे केही पत्रपत्रिकाले लेखेका छन् । स्टेट पार्टनरशीप अन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डोप्यासेफिकका कुरा ग¥यौं । यसमा कुनै गठबन्धनमा सहभागि हुने कुरा भएको छैन । सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन । नेपाली काँग्रेस नेतृत्वको सरकार स्वाभीमानी,राष्ट्रवादी र देशभक्ति रहेको छ ।

    विगतमा प्रधानमन्त्री,राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिले काँही यस्तो विषयहरु उठाइने गरिएको छ । तर संसदमा म पूर्ण विश्वासकासाथ निवदेन गर्न चाहान्छु । स्वाभीमानी, ,राष्ट्रवादी र मुलुकको हीतमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा जाँदैन । आवश्यकता छैन । प्रधानमन्त्री, परराष्ट्र मन्त्रीले सैन्य गठबन्ध गर्न कुनै आवश्यक नै छैन । के को लागि टाढाको देशले कुन हवाइ मार्ग प्रयोग गरेर कुन दिशा प्रयोग गरेर प्रयोग गर्छ । हामी पत्रपत्रिकाको हल्लाको पछि नजाऔं ।’

    मन्त्री खड्काले सांसदहरुलाई केही पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्नसमेत आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend