काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले आफुहरु संविधानको व्यवस्था अनुसार पञ्चशिल र असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेको उल्लेख गर्दै एसपीपी सम्झौताको विषय हल्ला मात्रै भएको बताए । यो विषय एमसीसीको बेलादेखि नै हल्लाको रुपमा रहेको उनले उल्लेख गरे ।
उनले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत मानिसहरुको प्रयोग गरेको हो भने महाअपराध गरेको टिप्पणी गरे ।