काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समय देखि थन्किएर बसेका ब्रुमरहरु सञ्चालनमा आएको छ । मेयर बालेन शाहले सानातिना मर्मत लगायतका कामहरु पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम सुरु हुन थालेको बताएका छन् ।
उनले बुधवार देखि ५ वटा ब्रुमरले काठमाण्डौँ सफाइ गर्न थालेको जानकारी दिए । भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने उनले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाण्डौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।