काठमाडौं । गरिमा विकास बैंकले विभिन्न स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । ‘वित्तिय जागरुपता, आजको आवश्यकता’ लाई मुल नारा बनाई बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर स्कुल,क्याम्पस तथा संघसस्थाहरुमा वित्तिय जागरण कार्यक्रम अन्तर्गत बैंकले १२० ओटै शाखाले दुईवटा वित्तिय जागरण कार्यक्रम आयोजना गरेको थियो ।
जस अन्तर्गत बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तिय सल्लाह सुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा छलफल भएको थियो ।
भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तिय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तिय जागरुपता फैलाउन मद्धत पुग्ने बैंकले आशा राखिएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।