logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसपीपीप्रति गगन थापाले जनाए आपत्ति, मागे प्रधानमन्त्रीको जवाफ

    एसपीपीप्रति गगन थापाले जनाए आपत्ति, मागे प्रधानमन्त्रीको जवाफ

    5.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एसपीपीबारे आपत्ति जनाएका छन् । नेपालले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताको बारेमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न ।

    कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुनेमा उनले जोड दिए । आजको संसद बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे ।

    थापाले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’ यो विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाले माग गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend