logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसपीपीबारे आपत्ति जनाउदै प्रदीप ज्ञवालीले भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन

    एसपीपीबारे आपत्ति जनाउदै प्रदीप ज्ञवालीले भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन

    2.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सरकारले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै पुर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न गरेका छन् ।

    उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’ सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भिर प्रश्न उठाएको उनको भनाइ थियो ।

    ‘हामी सबैका मित्र हौं । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन,’ उनले भने ।

    नेपालको संविधान, परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त र असंलग्नता, विश्वशान्तिको मान्यता अनुसार परराष्ट्र नीति अवलम्बन गर्नु सरकारको दायित्व रहेको ज्ञवालीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend