logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एमसीसी पारित गरेपछिको प्रभाव देखिन थालेको छ: अध्यक्ष लिङ्देन

    एमसीसी पारित गरेपछिको प्रभाव देखिन थालेको छ: अध्यक्ष लिङ्देन

    2.4K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन् ।

    लिङ्देनले भने ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदैछ भन्ने जनमानसको आशंका थियो, सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’

    एमसीसीपछि अहिले एसपीपी आएको र यसपछि पनि अन्य सम्झौता आउन सक्ने लिङ्देनले बताए । उनले भने ‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्याइरहेको छ ।’ देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ भन्दै लिङ्देनले सरकारलाई प्रश्न समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend