logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसपीपीमा सम्झौता गर्दिनँ :प्रधानमन्त्री देउवा

    एसपीपीमा सम्झौता गर्दिनँ :प्रधानमन्त्री देउवा

    3.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरितको कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।
    स्टेट पार्टनरसीप प्रोगाम एसपीपी बारे तीव्र आलोचना बढेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूलाई भेटि अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने बताएका हुन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरुमा सत्यता नभएको बताए ।

    ‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’, देउवालाई उद्धृत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने ।
    प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।

    प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै आश्वस्त पारेका थिए ।

    प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपालले भने ‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन । हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’,


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend