काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् ।
‘एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको छ,’ सुवालले भने, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’