logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर छ: राष्ट्रपति भण्डारी

    सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर छ: राष्ट्रपति भण्डारी

    3.9K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

    उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताईन् । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्ने बताईन् ।

    राष्ट्रपति भण्डारीले भनिन्, ‘नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर आफूलाई निरन्तर रुपमा सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता छ । ठूलो राजनीतिक परिवर्तन पश्चाद् मुलुक अब क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ । जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामति सहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरुपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुनजान्छ । जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्छ । चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान जाने अपेक्षा गरेको छु ।’

    राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पु¥याउन आवश्यक रहेको पनि बताईन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend