logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • राज्यमन्त्री वली प्रकरणले लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    राज्यमन्त्री वली प्रकरणले लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    3.8K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक अवरुद्द भएको छ । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दल नेकपा एमाले ले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनाको विषयलाई लिएर अवरोध जनाएको हो ।

    बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारको घटनामा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै बैठक चल्न नदिने घोषणा गरे ।

    ढकालले दाङको तुलसीपुरस्थित मिना बस्नेतको घरमा पसेर राज्यमन्त्री वलीले बस्नेत तथा उनकी छोरीमाथि गरेको दुर्व्यवहारको घटनाले प्रदेशवासीको शिर निहुराएको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

    ‘एउटा महिलामाथि जुन खालको व्यवहार मन्त्रीबाट भयो यसले हामीलाई लज्जित बनाएको छ । यसबारे प्रदेश सरकारको प्रतिक्रिया नआउनु दुःखद हो’, उनले भने । प्रतिपक्षी दलको अवरोधपछि बैठक आधा घण्टाका लागि अहिले स्थगित भएको छ ।

    राज्यमन्त्री वलीले मङ्गलबार तुलसीपुर निवासी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ ।

    यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले राज्यमन्त्री वलीले गरेको दुर्व्यवहारबारे प्रदेश सरकारको आधिकारिक धारणा नआउँदासम्म प्रदेशसभा बैठकमा अवरोध गर्ने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend