logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको छ: परराष्ट्रमन्त्री

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको छ: परराष्ट्रमन्त्री

    2.9K
    Shares
    चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको छ: परराष्ट्रमन्त्री

     

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका हुन् ।

    उनले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउन नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना र लगानीको थ्रेस होल्ड पुनरावलोकन अन्तिम चरणमा पुगेको कारण विदेशी लगानी प्रतिवद्धतामा आकर्षण बढ्दै गएको बताए । मन्त्री खड्काले औधोगिक विकासलाई टेवा पु¥याउन औधोगिक व्यवसाय ऐन, २०७६, नियमावली २०७८, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र नियामावली २०७७ सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, तर्जुमा गरी आर्थिक ऐन तथा मौद्रिक नीति मार्फत सहजिकरण गर्ने सरकारको तयारी रहेको बताए । उनले नेपालका ९२ स्थानमा रहेका खानीहरु सञ्चालन गरी ढुङ्गा, गिट्टी, वालुवालगायतका निर्माण सामाग्री ढुवानी गर्ने प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिए ।

    उनले भने,‘ सरकारले देशभित्र उत्पादन वृद्धि रोजगारी सिर्जना र आयात व्यवस्थापनको लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । औद्योगिक विकासलाई टेवा पु¥याउन औद्योगिक व्यवसाय ऐन,२०७६,नियमावली २०७८,विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र नियामावली २०७७ सार्वजनिक निजि साझेदारी तथा लगानी ऐन २०७५, र्तजुमा हुने आर्थिक ऐन तथा मौद्रिक नीति मार्फत सहजिकरण गरिएको छ । प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउन नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन ल्याइएको छ । लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना भएको छ । लगानीको थ्रेस होल्न पुनारावोलनकन अन्तिम चरणमा पुगेको छ। उल्लेखित नीति तथा संरचनागत सुधारको कारण चालु आर्थिक वर्षमा उद्योग विभाग मार्फत ३५ अर्बको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । नेपालका ९२ स्थानमा रहेका खानीहरु सञ्चालन गरी ढुङ्गा गिट्टी वालुवा लगायतका निर्माण सामाग्रि ढुवानी गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend