logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एआईजी पोखरेलको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको अस्वाभाविक सक्रियता

    एआईजी पोखरेलको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको अस्वाभाविक सक्रियता

    2.7K
    Shares
    एआईजी पोखरेलको मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराको अस्वाभाविक सक्रियता

    काठमाडौं । महाभियोग दर्ता भएपछि पनि राजीनामा नदिई बसेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकट न्यायाधीशहरुमार्फत् सर्बोच्च अदालतका विभिन्न मुद्दामा चलखेल गर्दै आएको बुझिएको छ ।

    पछिल्लो समय प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको मुद्दामा प्रधानन्यायाधीश जबराको अवस्भाबिक गतिबिधि बढेको छ।

    नेपाल सरकारको बैशाख १८ गतेको मन्त्रिपरिषद बैठकवाट प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली,२०७१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) पदमामा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गर्‍यो। स्थानीय र प्रदेश तथा संघिय संसदको निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न सक्ने खुबी देखेरै सरकारले सिंहलाई आईजीपीमा बढुवा गरिएको र बढुवामा कुनै विभेद नभएको सरकारले स्पष्ट पारिसकेको छ।

    तर सो बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले ३० दिनको विदा वस्ने निर्णय गरे। र ज्येष्ठता मिचिएको भनेर सर्बोच्च अदालतमा रिट हाले। जबकी प्रहरीको ‘चेनअफ’ कमाण्ड नै भत्काएर शक्तिको आडमा तत्कालिन ओली नेतृत्वको सरकारमा एआइजी बढुवा भएको आरोप उनै पोखरेलमाथि लाग्दै आएको छ।

    तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषदबाट नयाँ दरबन्दी नै सृजना गरेर विश्वराजलाई एआइजी बनाए । समकालीन प्रहरी अधिकृतलाई अन्याय गर्दै शक्ति र भक्तिका आडमा बढुवा भएका पोखरेलले अहिले आफुलाई अन्याय भएको भन्नु भन्दा आफु कुन बाटोबाट कसरी एआइजी बनेको थिए भनेर सम्झनु पर्ने चर्चा प्रहरी वृतमा हुने गरेको छ।

    पोखेरलले अदालतबाट आफुलाई न्याय दिलाईदिने जिम्मा अहिले २१ बुंदे आरोप सहित महाअभियोग खाएर बसेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई जबरालाई दिएको र पोखरेलको मुद्धामा जबराले अदालतमा चलखेल गरिरहेको स्रोतको दावी छ।

    चोलेन्द्रले आफु सरकारी निवासमा बसेर भाइ प्रभुशमशेर राणामार्फत् चलखेल गरिरहेको र उनले एआइजी विश्वराज पोखरेललाई बोकेर न्यायाधीशका घर घरमा धाउन थालेको समेत बुझिएको छ ।

    पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend