काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षमा सक्षम बन्नेगरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले कार्यकाल पूरा गर्दा आफ्नो नाम हाईहाई हुनेगरी काम गर्न शुभकामना पनि दिए ।
ओलाीले भने, “तपाईंहरूले पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाईहाई होस् । आलोचना सुन्न नपरोस् । प्रशंसा होस् । स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमुना हुनुस्, जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस् । ”