काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति राखिएको बताएका छन् । व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाएका छन् ।
‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ । बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको?,’ पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले भने ।