logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेपाल रेडक्रस सोसाइटीमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

    नेपाल रेडक्रस सोसाइटीमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

    3K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा राज्य र कानूनको बर्खिलापमा काम भएको बताइन् ।

    उनले नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले नयाँ कार्यसमिति बनाएर तदर्थ समितिलाई काम गर्न नदिएको बताईन् । अदालतले समेत तदर्थ समितिलाई काम गर्न आदेश दिएको भएपनि सरकारले काम गर्न नदिएर अदालतको अपमान र मान हानी भएको उनले उल्लेख गरिन् ।

    उनले भनिन् – ‘नेपाल रेडक्रस सोसाइटीमा राज्य र कानूनको बर्खिलाप गर्ने काम भएको छ । संस्थाको कार्यसमिति विघटनपश्चात नेपाल सरकारले तदर्थ समिति बनाएको थियो । तदर्थ समितिलाई अदालतले अन्तरिम आदेश दिई काम गरिरहेको अवस्थामा समितिले विधान परिवर्तन गरी एकतिहाई महिला र युवाहरुको सहभागिता वृद्धि गरेको छ । अधिवेशन गर्ने योजना बनाइरहेको अवस्थामा मन्त्रीपरिषद्ले नयाँ कार्यसमिति बनाएको भन्ने सुनियो । रेडक्रसजस्तो स्वयंसेवी संस्था जसले नेपालमा ६० वर्षदेखि विपद् र जोखिममा परेका नेपालीहरुलाई आकस्मिक सेवा उपलब्ध गराउँदै आएको सर्वविदितै छ । संस्था रुपान्तरण र परिवर्तन गर्न नचाहने केही व्यक्ति र समूहको स्वार्थसिद्धका लागि आफू खुशी जे पनि गर्दै जाने हो भने कहाँ पुगिएला ? आफूचाहीँ अदालतको परमादेशबाट आउँदा फरक नपर्ने । रेडक्रम तदर्थ समितिले अदालतको परमादेशी आदेश मान्दा के फरक प¥यो ? अदालतको अपमान र मान हानी भएको महशुस गरेको छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend