logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्छ, नगरिए नेपाल युक्रेनको स्थितिमा पुग्छ: दुर्गा पौडेल

    एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्छ, नगरिए नेपाल युक्रेनको स्थितिमा पुग्छ: दुर्गा पौडेल

    2.2K
    Shares
    एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्छ, नगरिए नेपाल युक्रेनको स्थितिमा पुग्छ: दुर्गा पौडेल

    काठमाडाै‌ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएकी हुन् ।

    उनले अमेरिकी दुतावासले एसपीपी सम्झौता पहिले नै भइसकेको भनेर विज्ञप्ती निकालेको र नेपाली सेनाले सो विज्ञप्तीको खण्डन गरेको उल्लेख गर्दै उनले यस सम्बन्धमा प्रधानमन्त्रीले आधिकारिक कुरा स्पष्ट पार्नुपर्ने बताइन् । उनले एसपीपी इण्डोप्यासिफिक रणनीतिको अंग भएकाले त्यसमा नेपाल गएमा अमेरिका र चिनको द्वन्दमा नेपाल फस्ने बताइन् ।

    उनले भनिन्– ‘एसपीपी देशका लागि गम्भीर प्रश्न बनेको छ । त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति समेतका लागि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण यसलाई अस्वीकार गरेर जानुपर्छ भन्ने कुरामा विशेष जोड दिन चाहन्छु । दुतावासले पहिले नै सम्झौता भएकाले त्यसमा अब थप सम्झौताको आवश्यकता नभएको बताएको छ, सेनाले अमेरिका दुतावासको दाबीलाई खण्डन गरको छ । प्रधानमन्त्रीले स्पष्टीकरण दिनुहुन अनुरोध छ । एसपीपी पनि इण्डोप्यासिफिक रणनीतिको अंग हो । एसपीपीमा समर्थन गर्नु भनेको सैन्य क्याम्पमा फस्ने, नेपाल अमेरिका र चीनको द्वन्दमा फस्ने स्थिति हुन्छ ।’
    उनले एसपीपी सम्झौता गरिए नेपाल युक्रेनको स्थितिमा पुग्ने बताईन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend