शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

परिस्थितिले राजनीतिज्ञ बनायो, आजबाट पूर्णकालीन राजनीतिमा आएको छु: रवि लामिछाने

परिस्थितिले राजनीतिज्ञ बनायो, आजबाट पूर्णकालीन राजनीतिमा आएको छु: रवि लामिछाने

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले आजदेखि आफू राजनीतिमा लागेको घोषणा गरेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको लामिछानेले बताएका छन् ।

उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन् ।

‘‘म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु,” लामिछानेले भनेका छन् ।

आउने प्रतिनिधिसभाको निर्वाचनमा लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ।

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बताएको छ । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend