सिराहा । सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एकजनालाई सिरहाबाट पक्राउ गरेको छ । सिराहाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट बुधबार ५ लाख २० हजार ५ सय नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने ४४ वर्षीय दिलीप कुमार साहलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बल, नेपाल बीओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको र उनले उक्त रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । यसका साथै, उनको साथमा एक थान मोवाईल सेट समेत बरामद गरिएको छ ।
पक्राउ परेका साहलाई बरामद रुकम तथा मोबाईलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाइएको छ ।