logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसपीपीमा नेपाल सामेल छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई भिम रावलको सुझाव

    एसपीपीमा नेपाल सामेल छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई भिम रावलको सुझाव

    4.9K
    Shares

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन एमालेले सुझाव दिएको छ ।

    नेकपा एमालेका नेता भिम रावलले अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै त्यसमा सहभागी हुन नहुने बताए ।

    ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा छ । तर परराष्ट्र मन्त्री डा.नारायण खड्काले होइन भने’ रावलले भने । बैठकमा नै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै रावललाई रोक्न खोजे ।

    ‘तथ्य आउँदा मान्छे डराउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौं ।’ रावलले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend