logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंमा सुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

    काठमाडौंमा सुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

    2.5K
    Shares

    काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो ।

    सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहज नभएको भन्दै गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरको छ ।

    परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरु बिहान ४ बजे देखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौ महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले बताए । उनले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए ।

    श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रिय परिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुबै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend