काठमाडौं– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कार्यलयमै पटक पटक महिला कर्मचारीमाथि यौंन हिंसा गरेको खुलेको छ ।
४ वर्ष अगाडि कार्यलयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी परेका अधिकारीविरुद्ध पछिल्लो समय समेत कार्यालयमै महिला कर्मचारी माथि यौन हिँसा गरेको खुल्न आएको छ।
तत्कालिन अवस्थामा नेपाल वायुसेवा निगममा अर्थ निर्देशक रहेका बेला अधिकारीले आफूहरुमाथि यौनजन्य हिंसा गरेको भन्दै अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरुले सयुक्त रुपमा राष्ट्रिय महिला आयोगमा अधिकारीविरुद्ध उजुरी दिएका थिए।
महिला आयोगमा दिइएको उजुरीमा अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख थियो। उनी हाल निगमको कार्यकारी अध्यक्ष बनेपछि महिलाहरुलाई दबाब र प्रभावमा पारेर यौनजन्य गतिबिधि गर्ने गरेको खुलेको छ।
अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको र उनको व्यवहारमा कुनै सुधार न आएको निगमका महिला कर्मचारी हैरान भएका छन्।
अधिकारीविरुद्ध महिला कर्मचारीहरुले २०७४ भदौ २७ गते दिएको उजुरीमा समेत ुपीडितु महिला कर्मचारीले अधिकारीले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाइ पदोन्नतिका लागि कार्य सम्पादन मूल्याङ्कनको प्राप्ताङ्क बढाइदिने, विदेशस्थित स्टेशनमा काज मिलाइदिने र राम्रो ठाउँमा सरुवा तथा जिम्मेवारी मिलाइ दिने आदि प्रलोभन दिने गरेको उल्लेख थियो ।
अधिकारी कार्यबाहक अध्यक्ष भएपछी झन् कार्यस्थलमा सहज, सुरक्षित तथा सम्मानपूर्वक मर्यादित वातावरणमा काम गर्न नपाइएको गुनासो महिलाहरुको छ।