logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

    असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

    6.7K
    Shares

     

    एजेन्सी । असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् ।

    असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ । बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend