बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

 

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा चोकमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरको धापाखेलका २१ वर्षीय विजय श्रीमाली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार ललितपुरकै हात्तीबनका २२ वर्षीय रक्षक क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९८ प ४२७० नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend