logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसीसी महिला टी–२० च्याम्पियनसिप: कुवेतलाई पराजित गर्दै नेपाल २५ रनले विजयी

    एसीसी महिला टी–२० च्याम्पियनसिप: कुवेतलाई पराजित गर्दै नेपाल २५ रनले विजयी

    3.8K
    Shares

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २७ रनले पराजित गरेको हो। नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले सात विकेटको क्षतिमा ८२ रन मात्रै बनायो।

    कुवेतका लागि प्रियदा मुरालीले ३१, मरियामा हैदरले १६ र अन्ना शरिफ तरिकले १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    नेपालका लागि सीता राना मगरले दुई, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक(एक विकेट लिए।

    यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १०७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले ३४, इन्दु बर्माले २८, ज्योती पाण्डेले १५ र विन्दु रावलले ११ रन बनाएका थिए।

    यो जितसँगै नेपालले चार अंक जोडेको छ। नेपालले समूह ‘बी’को शीर्षस्थानमा छ। नेपाल तेस्रो खेलमा आइतबार बिहान ८ः४५ बजे बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend