logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ग्राण्ड फिनाले हुनै लाग्दा मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै प्रतियोगिता स्थल बाहिर विरोध प्रदर्शन

    ग्राण्ड फिनाले हुनै लाग्दा मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै प्रतियोगिता स्थल बाहिर विरोध प्रदर्शन

    2.8K
    Shares

    काठमाडौं । नेपालको सवैभन्दा ठुलो सुन्दरी प्रतियोगिता मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विभिन्न् महिला संगठनले विरोध प्रदर्शन गरेका छन् ।

    अखिल नेपाल महिला संघ क्रान्तिकारी, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

    ग्राण्ड फिनाले दिउँसो ३ बजेदेखि सुरु हुने भनिएपछि सात महिला संघसंगठनले बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘महिला माल होइन, मान्छे हो’ भन्दै मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गरेका छन् ।

    सुन्दरी प्रतियोगिताका सहभागी युवतीहरु यौन दुर्व्यवहारको शिकार भएको भन्दै उनीहरुलाई भित्री गुण र क्षमता तथा योग्यताभन्दा शरीरको बनावट, रुप र रंगमा जोड दिने सुन्दरी प्रतियोगिताको औचित्य नभएको उनीहरुको भनाइ छ ।

    हालै मिस ग्लोबल इन्टरनेशनलमा सहभागी एक युवतीले आफू आयोजकबाट यौन शोषणमा परेको घटना सार्वजनिक गरेकी थिईन् । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पाण्डे अहिले प्रहरी नियन्त्रणमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend