logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका १२ विधेयक शुन्य अवस्थामा जान लागे : देवकोटा

    राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका १२ विधेयक शुन्य अवस्थामा जान लागे : देवकोटा

    1.6K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शुन्य अवस्थामा जान लागेको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन् ।
    आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शुन्यको अवस्थामा जाने भन्दै संसदको ध्यानाकर्षण गराएकी हुन् ।
    उनले प्रतिनिधि सभा अब निर्वाचनमा होमिने क्रममा रहेको भन्दै उक्त १२ विधेयक राष्ट्रिय सभामा पुनः नफर्किए अहिलेसम्मको मिहेनत र लगानी खेर जाने बताईन् ।

    सदस्य देवकोटाले विधेयकहरुको कुरा संवेदनशील रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा ल्याउन आग्रह गरिन् । उनले नागरिकता विधेयकको विषय पेचिलो बन्दै गइरहेको भन्दै यसको समाधान खोज्नपनि सरकारको ध्यानाकर्षण
    गराईन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend