logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरु राष्ट्रियसभामा पेश

    विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरु राष्ट्रियसभामा पेश

    3.9K
    Shares

    काठमाडौं । विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश गरेको छ ।

    विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७ राष्ट्रियसभामा पेश गरेको हो ।

    यस्तै अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरु पनि आईतबार राष्ट्रियसभा बैठकमा पेश भएका छन् ।

    विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरु राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए । राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोली) अपरान्ह १ बजेका लागि बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend