सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रधानमन्त्री बन्न योग्य छु, यसपाली प्रयास गर्छु, सकिन्छ सकिँदैन थाहा छैन: गगन थापा

प्रधानमन्त्री बन्न योग्य छु, यसपाली प्रयास गर्छु, सकिन्छ सकिँदैन थाहा छैन: गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन् । उनले आफू योग्य मात्र नभएर अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नेसमेत संकेत गरेका छन् ।

उनले यस्तो कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा बताएका हुन् । उनले दिएको यो अभिव्यक्ति अहिले सामाजिक सन्जालमा चर्चामा पनि रहेको छ ।

महामन्त्री थापाले अब प्रधानमन्त्री बन्ने विषयमा सोच्ने मात्र नभएर प्रयाससमेत गर्ने कार्यक्रममा बताएका छन् । ‘कहाँ सोच्ने मात्र यसपाली त प्रयास गर्ने हो,’ उनले भनेका छन्, ‘सकिन्छ सकिँदैन थाहा छैन तर प्रयास अवश्य गर्छु ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend